Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अरुलाई नियम सिकाउने सिडियोद्वारा निधार र चिउँडोमा मास्क लगाइ अनुगमन

    अरुलाई नियम सिकाउने सिडियोद्वारा निधार र चिउँडोमा मास्क लगाइ अनुगमन

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 4.5K
    SHARES

    बारा । अरुलाई कानुन सिकाउने जिल्ला प्रशासन कार्यालयका प्रमुखले भने आँफै मास्कको बारेमा मजाक गरेको तस्बिर सार्वजनिक भएको छ।

    कोरोना महामारी फैलन थालेपछि मास्क नलगाई हिँडेका व्यक्तिलाई प्रहरी/ प्रशासनले पक्राउ सम्म गरेर चर्चा कमाउने गरेको छ। तर, अरुलाई नियम सिकाउने व्यक्ति भने मास्क समेत लगाउन जान्दैनन् ।



    आफूलाई शासक र प्रशासक ठान्ने घटना नौलो होइन । कोरोना महामारीको बेला उनीहरुले दादागिरी देखाएका छन् ।आइतबार बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित सुरक्षाकर्मीको दलबलसहित सीमानाकाको अनुगमनमा निस्किका थिए ।



    अनुगमनका क्रममा नौ वटा मोटरसाइकलमा भारतबाट तस्करी गरी ल्याउन लागेको ४० बोरा रासायनिक मल जफत गरेर वीरगन्ज भन्सारमा बुझाएका प्रजिअ पण्डितले फेसबुकमार्फत जानकारी दिएका छन् ।

    उनले उक्त पोस्टमा आफ्नो तस्विर समेत राखेका छन् । अनुगमनका क्रममा खिचिएको उक्त फोटो भने हास्यास्पद देखिन्छ । उनले लगाएको मास्कले मुख र नाक होइन निधार छोपेको थियो ।

    निधारमा रहेको टोपी मुनि उनले मास्क लगाएका थिए । तस्विरमा उनले मास्क कतै निधारमा लगाएका छन् भने कतै चिउँडोमा लगाएका छन्। उनीसँगै रहेका केही सुरक्षाकर्मीले समेत मास्कको सही प्रयोग गरेका छैनन्।

    प्रजिअ पण्डितसहित सुरक्षाकर्मीहरुबीच पर्याप्त दूरीसमेत कामय गरेको देखिँदैन।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार