Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापामा प्रहरी र स्थानीयबीच झडप, १० राउन्ड हवाई फायर

काठमाडाैं । झापाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप भएकाे छ । झडपमा सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ ।

गोरु काटेको अभियोगमा २ जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार पक्राउ परेका २ जनालाइ म्याद थप गर्न लैजाने क्रममा प्रहरीमाथि आक्रमण तथा गाडी तोडफोड भएपछि हवाइ फायर भएको हो।

बुधबार दिउँसो अन्दाजी २५० जनाले प्रहरी टोलीमाथि आक्रमण गरेकाले हवाई फायर गर्नुपरेको प्रहरीले जनाएकाे छ । स्थानीयको आक्रमणबाट नेपाल प्रहरीका एक इन्सपेक्टर र सशस्त्र प्रहरीका एक जवान सहित तीनजना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077