Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरी हिरासतमा शंकास्पद मृत्युबारे वास्तविकता पत्ता लगाउन कांग्रेसकाे माग

    प्रहरी हिरासतमा शंकास्पद मृत्युबारे वास्तविकता पत्ता लगाउन कांग्रेसकाे माग

    अनलाइन नेपाल
  • बिहिबार, ११ भाद्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले रौतहट र मोरङमा दुई युवकको शंकास्पद ढंगले मृत्यु भएकाे भन्दै गहिरो अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउन सरकारसँग आग्रह गरेको छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार विज्ञप्ति जारी गरी प्रहरी हिरासतमा एकपछि अर्को गरी शंकास्पद मृत्यु भइरको भन्दै वास्तविकता सार्वजनिक गर्ने र आवश्यक कार्वाहीको प्रक्रियामा जाने कार्यमा कुनै मोलाहिजा नगर्न सरकार माग गरे ।



    विज्ञप्तिमा भनिएको छ, रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिन देखि हिरासतमा रहेका वर्ष १९ का बिजय महरा परिवारका सदस्यले दिएको जानकारी अनुसार स्वस्थ र हट्टाकट्टा युवक थिए । तर आज अकस्मात बिरगंजको एक अस्पतालमा उनको निधन भएको खबर थाहा पाउँदा परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक हो । नेपाली कांग्रेस रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकार समक्ष माग गर्दछ ।



    त्यस्तै मोरङको जिल्ला कारागारमा रहेका बर्ष २६ का युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पुर्‍याए लगत्तै भएको मृत्यु बारे शंकास्पद विवरणहरु बाहिर आएका शर्माले जानकारी दिए । यस घटनाको पनि सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न कांग्रेसको माग छ ।

    यसअघि धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद भएको शर्माले बताए ।

    विज्ञप्तिमा भनिएको छ, एकपछि अर्को उस्तै घटना हुँदै जांदा नेपाल प्रहरीको छविलाई त्यसले पुर्‍याउने असरप्रति गम्भीरताका लागि यसको नेतृत्वलाई समेत सजग गराउँदै नेपाली कांग्रेस वास्तविकता सार्वजनिक गर्ने र आवश्यक कार्वाहीको प्रक्रियामा जाने कार्यमा कुनै मोलाहिजा नगर्न सरकार समक्ष आग्रह र माग गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार