Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कारागारबाट भागेका चार जना अभियुक्त २० वर्षपछि यसरी पक्राउ परे

कैलाली। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए ।
पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-६ बस्ने रोगही भन्ने ४५ वर्षीय करन राज थापा, सोही गाउँपालिका-३ बस्ने रोहीना भन्ने ४९ वर्षीय वर्षीय भगत चौधरी, सोही गाउँपालिका-४ बस्ने कालु भन्ने ३८ वर्षीय गुन सिंह कठरीया र भजनी नगरपालिका-६ बस्ने ४७ वर्षीय टिकाराम चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई आ-आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीले २० वर्षदेखि फरार रहेका दुई प्रतिवादीहरु गुन सिंहलाई ४ वटा डाँका चोरी मुद्दामा ३९ वर्ष कैद र १४ हजार ७० रुपैयाँ जरिवाना तथा टिकाराम चौधरीलाई ५ वटा डाँका चोरी मुद्दामा ३८ वर्ष कैद र ९ हजार ८ सय ४० रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

यसैगरी करन राज थापालाई अदालतले विभिन्न मितिमा गरेको फैसलाले ८ वटा डाँका चोरी मुद्दामा ८७ वर्ष कैद र ४४ हजार १ सय ५३ रुपैयाँ जरिवाना र भगत चौधरीलाई १ वटा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र ४ हजार ५ सय रुपैया जरिवाना तोकेको थियो । उनीहरु दुवै जना २०५७ फागुन ३० गते पक्राउ परी पुर्पक्षका लागि कारागार कार्यालय कैलाली गएकोमा २०६१ माघ २७ गते कारागार बाट भागी फरार भएका थिए ।

पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077