Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • कोरोनाबाट एकैदिन १२ जनाको मृत्यु, मृतककाे संख्या १९५ पुग्याे

    कोरोनाबाट एकैदिन १२ जनाको मृत्यु, मृतककाे संख्या १९५ पुग्याे

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    मृत्यु भएकामध्ये ४ जना महिला र ८ जना पुरुष रहेका मन्त्रलयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार मोरङका ५६ र ६५ वर्षीया दुइ महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिलाहरूकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे ।



    त्यस्तै मृत्यु हुने पुरुषहरुमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार