Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंका २ सहित ३ वटा अस्पताललाई कोभिड अस्पताल बनाइने

काठमाडौं । सरकारले थप ३ वटा अस्पताललाई कोभिड १९ को उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ ।

पर्सा वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यसअघि मन्त्रालयले ११५ वटा अस्पतालले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने र ४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले केन्द्रीय अस्पतालमा १ हजार बेड, प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ बेड तथा स्थानीय पालिका तहमा हरेक पालिकामा ५ बेडको अस्पतालको दरले ३ हजार ४५ बेड थप गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077