Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अन्डरवर्ल्ड डन दाउदकी २७ बर्ष कान्छी पाकिस्तानी गर्लफ्रेन्ड एकाएक भाइरल

एजेन्सी। सन् १९९३ मा मुम्बईमा श्रृंखलाबद्ध बम विस्फोट घटनाका मुख्य नाइके अन्डरवर्ल्ड डन दाउद इब्राहिमको बारेमा नयाँ खुलासा भएको छ। भारतीय संचारमाध्यमहरुमा दाउद इब्राहिमकी पाकिस्तानी गर्लफ्रेन्डको बारेमा एकाएक समाचार भाइरल भएको छ। तर, त्यसको आधिकारिकता भने पुस्टि हुन सकेको छैन। ६७ वर्षीय पुरानो अअन्डरवर्ल्ड डन दाउद इब्राहिमको बारेमा भाइरल भइरहेको छ। सबैभन्दा ठूलो भाइरल समाचार यो छ कि ६७ वर्षीया दाऊद इब्राहिमको एक प्रेमिका उनी भन्दा २७ वर्ष कान्छी छन्। दाउदकी प्रेमिका अर्को पाकिस्तानी अभिनेत्री महविश हयात हुन । यद्यपि उनले यस कुरालाई अस्विकार गरेकी छन्।  महविश हयात पाकिस्तानमा 'ग्ल्यामरस गर्ल' भनेर चिनिन्छ। गत वर्ष, महविश हयातलाई पाकिस्तानको नागरिक पुरस्कार मध्ये एक, तम्गा-ए-इम्तियाजबाट सम्मानित गरिएको थियो । महविश हयातले आफ्नो करियरको सुरुमा आइटम डान्सबाट गरिन्। । सुन्दरताले परिचित  हयात  पाकिस्तानकी शीर्ष गायिका पनि हुन् ।

पाकिस्तानले मोस्ट वान्टेड अन्डरवर्ल्ड डन दाउद इब्राहिम आफ्नो देशमा रहेको केहि समय पहिले बताएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकारले मोस्ट वान्टेड आतंकवादी दाउद इब्राहिम पाकिस्तानमै रहेको स्वीकारेका थिए ।  दाउदको नामसंगै उसंग १४ वटा पासपोर्ट भएको समेत उल्लेख गरिएको छ । दाउदका पाकिस्तानको कराँचीमा तीन वटा घरसमेत रहेको खुलेको छ ।

 पाकिस्तानले मोस्ट वान्टेड  दाउद इब्राहिमसहित ८८ आतंकवादी संगठन र आतंकवादीहरूलाई प्रतिबन्ध लगाएको घोषणा गरेसँगै दाउद पाकिस्तानमा रहेको पुष्टि भएको थियो

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077