Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भारतमा आतंककारी सैयद सलाहुद्दीन पाकिस्तानी गुप्तचर रहेको पत्र सार्वजनिक

एजेन्सी। भारतले आतंकवादी संगठनका सदस्य रहेको आरोप लगाउँदै आएका सैयद सलाहुद्दीन पाकिस्तानी गुप्तचर निकाय आईएसआईका अधिकारी रहेको भारतीय मिडियाहरुले सार्वजनिक गरेका छन्।

सलाहुद्दीनको बारेमा पाकिस्तानले जारी गरेको  एक गोप्य  पत्र  भारतीय सुरक्षा एजेन्सीहरूको हातमा राखिएको छ।

भारतीय सुरक्षा एजेन्सीलाई प्राप्त पत्रमा भनिएको छ, 'सलाउद्दीनको सुरक्षा जाँच 'स्पष्ट' छ  र अनावश्यक रूपमा रोक्न हुँदैन।'

यो पत्र १  डिसेम्बर २०२० सम्म मान्य छ। चिठीमा उनीद्वारा प्रयोग गरिएको कारको उल्लेख छ।

भारतीय संचारमाध्यमका अनुसार यसले स्पष्ट रूपमा भनेको छ कि आतंकी सैयद सलाहुद्दीन गुप्तचर निदेशालयका अधिकारी हुन् र आईएसआईको लागि काम गर्दै गर्दै आएका छन्।

फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को चेतावनीहरूको बाबजुद पनि पाकिस्तानले आतंकवादी समूहलाई सहयोग गरिरहेको छ ।  एफएटीएफले पाकिस्तानको कदमहरुको समीक्षा गरिरहेको छ।

सलाहुद्दीन संयुक्त जिहाद काउन्सिलका प्रमुख हुन्। सुरक्षा एजेन्सीहरूले प्राप्त गरेको कागजातअनुसार पाकिस्तानको खुफिया एजेन्सी आईएसआईले हिजबुल मुजाहिद्दिनलाई भारतमा आतंक फैलाउन प्रयोग गरिरहेको छ।

यो गिरोहका नेता युसुफ शाह हुन,  जसलाई सय्यद सलाहुद्दीन पनि भनिन्छ। सलाहुद्दीन संयुक्त जिहाद काउन्सिल (यूजेसी) का प्रमुख पनि छन्।

यो संगठन जैश-ए-मोहम्मद र लश्कर-ए-तैयबा जस्ता आतंकवादी नेटवर्कहरूको समूह हो ।

मे २०२० मा, भारतीय सुरक्षा एजेन्सीहरूले सैयद सलाहुद्दीनका दुई छोरा सैयद शकील युसुफ र सैयद शहीद युसुफलाई पक्राउ गरेका थिए ।सलाहुद्दीनका दुई कार्यकर्ता रियाज नाइकू र आदिल अहमद मारिपछि सलाहुद्दीन क्रोधित छन् र भारतलाई चोट पुर्‍याउन खोजिरहेका छन्।

सलाहुद्दीनले भारतमा आतंकवादी गतिविधिहरू सञ्चालन गर्न जेकेएआरटी (जम्मू-काश्मीर अफिसिटी रिलीफ ट्रस्ट) नामको संस्था गठन  गरेको पनि उनीमाथि आरोप लागेको छ ।

सको मुख्यालय रावलपिंडीमा छ र यसका इस्लामाबाद, मुजफ्फराबाद र अन्य शहरहरूमा शाखाहरू छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077