Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतककाे संख्या २८९ पुग्याे

    कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतककाे संख्या २८९ पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, २१ भाद्र २०७७
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । काेराेना भाइरसकाे संक्रमणबाट नेपालमा थप ९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलाहरुमा मोरङकी ६४ वर्षीया, झापाकी ४५ वर्षीया रहेका छन् । भने मृत्यु हुने पुरुषहरुमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३७ वर्षीय, काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय साथै चितवनका ७० वर्षीय रहेका छन् ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको र १८१४ जना कोरोना मुक्त भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार