Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रचण्डले भने - अर्को घर खोज्न थालेको छु, शारदा अधिकारीसँग कुनै साइनो छैन

काठमाडौं । सरकारले  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेर धरौटी जफत गरेपछि एकाएक प्रचण्डको नाम सामाजिक सन्जालमा भाइरल भएको छ ।

तर, आफुसँग बिबादित ठेकेदारको नाम जोडिएपछि प्रचण्डले  नयाँ घर खोज्न थालेको बताएका छन्। ललितपुरको खुमलटारमा उनै बदनाम ठेकेदार शारदा अधिकारीको घरमा भाडामा बस्दै आएका प्रचण्ड हरेक काममा अधिकारीसँग जोडिने गरेका छन्।

तर, ती काममा आफ्नो कुनै साइनो नभएको प्रचण्डले आज दाबी गरे। जनता टेलिभिजनसँगको कुराकानीमा प्रचण्डले घरबेटीले गर्ने कामबारे आफूलाई थाहा नहुने र आफुले अर्को घर खोज्न थालेको पनि वताए ।

अध्यक्ष प्रचण्डले भने, 'घरबेटीले के लिन्छन्, के गर्छन मलाई थाहा छैन। बाटोको ठेक्का म त्यहाँ जानुभन्दा पहिले नै भएका हुन्। मसँग गोरु बेचेको साइनो नै छैन। मल प्रकरणमा मैले कृषिमन्त्रीलाई मैले नै गल्ती गर्नेलाई कारबाही गर्नु भनेको छु।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077