Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठ नियन्त्रणमा लिन खाेज्दा झडप, दुई प्रहरीसहित ५ जना घाइते

जनकपुरधाम । अवैध काठ नियन्त्रणमा लिन खाेज्दा स्थानीयसँग झडप भएकाे छ। काठ ओसार्न लागेको समूह र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति १२ बजेतिर झडप हाे। जसमा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् ।

धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा ६०/७० जनाको समूहले एक्कासी पछाडिबाट ढुंगा प्रहार गरेको बताए ।

बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077