Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरा खानेपानीका प्रशासन सहायक घुस लिदै गर्दा पक्राउ

काठमाडाैँ । नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत एक कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल खानेपानी संस्थान पोखरा कार्यालय विन्ध्यबासिनीमा प्रशासन सहायक पदमा कार्यरत कृष्णहरी वाग्ले रहेका छन्।

उनी घुस लिएको आरोपमा बिहीबार पक्राउ परेका हुन्। घरमा जडान गरिएको खानेपानीको बिग्रिएको मिटर परिवर्तन गर्न २५ हजार रुपैयाँ घुस लिदै गर्दा बिहीबार बिहान ११ बजे रंगेहात पक्राउ गरिएको अख्तियार दूरुपयोग आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए।

सेवाग्राहीबाट नगद लिदै गरेको अवस्थामा पोखरा–१ बगरस्थित एक मःमः रेष्टुरेण्टबाट पक्राउ गरिएको उनले बताए। पक्राउ गरिएका वाग्लेलाई नियन्त्रणमा अनुसन्धान थालिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077