Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुग्यो, बिहीबार थप ५ जनाकाे मृत्यु

    कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुग्यो, बिहीबार थप ५ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेका छन् ।



    कोरोनाबाट मृत्यु हुने काठमाडौंकी ५५ वर्षीया महिला रहेकी छिन् । त्यस्तै मृत्यु हुने पुरुषहरुमा काठमाडौंका ५९ वर्षीया, ८३ वर्षीय, चितवनका ६२ वर्षीय र कपिलवस्तुका २९ वर्षीय पुरुष रहेका छन् ।



    यसैबीच नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको ७१ प्रतिशत अर्थात ३५ हजार ७ सय जना कोरोना निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १ हजार ८ सय १८ जना कोरोना मुक्त भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार