Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालय भन्छ-२ हप्ता क्‍वारेन्टाइन बस्दा लक्षण नदेखिए पीसीआर गर्नु पर्दैन

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, अन्तरजिल्ला आवतजावत गर्दा सबैले आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १४ दिनसम्म क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण नदेखिएमा पीसीआर परीक्षणको आवश्यकता नपर्ने निर्णय भएको बताए । त्यसैगरी मन्त्रालयले कोरोनाको परीक्षणका लागि एन्टिजेन टेष्टको व्यवस्थाका लागि स्वीकृति दिइएको छ ।

उनले भने, 'पीसीआर महँगो र लामो विधि छ र रिपोर्ट आउन धेरै समय लाग्छ । एन्टिजेन टेस्टको आवश्यकता भएकोले परिमार्जनसहित निर्देशिका स्वीकृत निर्णय गरेका छौँ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077