Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

युवकलाई बन्धक बनाएर ५० हजार फिरौती माग्ने ३ जना पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय काभ्रेले २३ वर्षीय युवकलाई बन्धक बनाई फिरौती रकम माग्ने ३ जनालाई पक्राउ गरेको छ ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नं १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका-४ स्थित २८ किलोमा डेरा गरी बस्ने र १९ वर्षीय आकाश परियार, उनकी २१ वर्षीया श्रीमती सविना तामाङ्गलाई बिहिबार पक्राउ गरिएकाे हाे ।

यस्तै बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई धुलिखेल न.पा. वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियारलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अपहरणकारीले भदौ २४ गते पाँचखाल नगरपालिकाका-१२ देवभुमी घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई अपहरण गरी बन्धक बनाएर राखी ५० हजार रुपैयाँ मागेका प्रहरीले जनाएकाे छ।

घटना बारेमा थप अनुसन्धानको क्रममा भाद्र २६ गते शुक्रबार प्रहरीले उमा परियारलाई कोठाबाटै नियन्त्रणमा लिएको छ । उनका श्रीमान र भाई फरार भएका छन् ।

पक्राउ परेकाहरूलाई “मुलुकी अपराध संहिता, २०७४“ को परिच्छेद–१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा शुक्रबार जिल्ला अदालतबाट म्याद थप अनुमती लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077