Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लकडाउनले परिवार पाल्न नसकेपछि आत्महत्या !

    लकडाउनले परिवार पाल्न नसकेपछि आत्महत्या !

    अनलाइन नेपाल
  • शनिबार, २७ भाद्र २०७७
  • 3.1K
    SHARES

    इटहरी । कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउन गर्दै आएका कारण मानिस समस्यामा छन् । लकडाउनका कारण बेरोजगारी भएर बसेकाहरुले आत्महत्याको बाटो नै रोज्न थालेका छन् ।

    मोरङको सुन्दरहरैँचा १० का अशोक दर्जीले एक पेट चामल नहुँदा प्राण त्याग गर्न बाध्य भएको घटना यतिबेला समाजिक सञ्जालमा भाइरल देखिन्छ । लामो समयदेखि मजदूरी पेशा अंगाल्दै आएका दर्जीले कोरोना महामारीका कारण आफूले काम गर्न नपाएको र परिवारको एक पेट भर्न नपाएपछि बाध्य भएर आफ्नो जीवन त्याग गरेका छन् ।



    सुन्दरहरैंचा १० सुकुम्बासी बस्तीका ४७ वर्षीय दर्जीले भोकमारीको पीडा सहन नसकेर आफ्नै घरमा बुधबार आत्महत्या गरे । आफ्नो घरमा आवश्यक रकम चलाउन समस्या हुनु र खान लगाउन समेत मुस्किल भएका कारण दर्जीले आत्महत्या गरेका हुन् ।



    वैदेशिक रोजगारीका लागि भारत गएकी अशोककी श्रीमती उतै अलपत्र अवस्थामा छिन् । विदेश पठाउने भन्दै दलालले श्रीमतीलाई दिल्ली पु¥याएका थिए । दिल्ली पुग्नेबित्तिकै लकडाउन सुरु भएकोले उनी दिल्लीमा अलपत्र परेकी छन् ।

    मुलुकमा लकडाउन सुरु हुनुभन्दा केही समय अगाडि मात्रै उनले निर्माणको काम पाएका थिए । दर्जीका चार सन्तान छन् । २१, १७ र १५ बर्षीया छोरी तथा १३ बर्षका एक छोरा रहेका छन् । २१ बर्षीया छोरीको भने विवाह भइसकेको छ भने एकजना छोरी शारीरिक रुपमा अशक्त रहेकी छिन् ।

    दर्जीले झुण्डिएरै मर्नुपर्ने समस्या नरहेको भएपनि घटना भइसकेपछि अहिले पीडित परिवारलाई आर्थिक खर्च समेत जुटाउँदै आएको वडा नं. १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापा वताउँछन्। ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार