Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • काेराेनाबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु, मृतककाे संख्या ३४५ पुग्यो

    काेराेनाबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु, मृतककाे संख्या ३४५ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या  ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    पछिल्लाे २४ घण्टामा मृत्युहुनेहरूमा ३ जना महिला र ६ जना पुरूषहरू रहेका छन् । जसमा काठमाडाैंमा ६५ वर्षीय २ महिला, कास्कीमा ४५ वर्षीय महिला रहेका छन् ।



    यस्तै माेराेङका ६९ वर्षीय पुरूष, काठमाडाैंका ५९ वर्षीय पुरूष, यस्तै काठमाडाैंकै ७०, ६४ र ५९ वर्षीय पुरूषहरू रहेका छन् । यस्तै सिन्धुपाल्चाेकका ५९ वर्षीय पुरूषकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।



    मन्त्रालयका अनुसार हिजो (शनिबार) १४ जनाको कोरोनाका कारण ज्यान गएको जनाएकाे थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष थिए ।

    त्यसैगरी भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्यांजाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुष गरी १४ जनाको कोरोनाले मृत्यु भएको थियो ।

    यस्तै नेपालमा थप १ हजार ३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जनामा काेराेना संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार