Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दिल्ली दंगाको षड्यन्त्रकारी भन्दै पूर्व विद्यार्थी नेता पक्राउ

    दिल्ली दंगाको षड्यन्त्रकारी भन्दै पूर्व विद्यार्थी नेता पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ भाद्र २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । दिल्ली दंगा मामिलामा जेएनयूका पूर्व विद्यार्थी नेता तथा ‘युनाइटेड अगेन्स्ट हेट’ का सह–संस्थापक उमर खालिदलाई पक्राउ गरिएको छ । यूनाइटेड अगेन्स्ट हेटको एक बयान अनुसार ११ घण्टासम्म चलेको सोधपुछपछि दिल्ली प्रहरीको विशेष सेलले उमर खालिदलाई उत्तर पूर्वी दिल्लीमा भएको दंगाको मामिलामा ‘षड्यन्त्रकारी’ को रुपमा पक्राउ गरिएको हो ।

    यूनाइटेड अगेन्स्ट हेट संस्थाकी वकिल तमन्ना पंकजले बीबीसीसँगको कुराकानीमा उमर खालिदको गिरफ्तारीको पुष्टि गरेकी छिन् । उमर खालिदका पिता सैयद कासिम रसूल इलियासले भने, ‘स्पेशल सेलले मेरा छोरा उमर खालिदलाई राती ११ बजे पक्राउ गरेको हो । प्रहरीले उसलाई दिउँसो १ बजेदेखि सोधपुछ गरिरहेको थियो । उनलाई दिल्ली दंगामा फसाइएको छ ।’



    यूनाइटेड अगेन्स्ट हेटले आफ्नो बयानमा भनेको छ, ‘दिल्ली प्रहरीले दंगाको अनुसन्धान भन्दै प्रदर्शनलाई अपराधीकरण गर्ने कोसिस गरिरहेको छ । डर देखाउने यी विभिन्न तरिका अपनाइँदा पनि सिएए र यूएपीएको क्रुर कानूनविरुद्ध लडाईं जारी रहनेछ ।’



    संस्थाले दिल्ली प्रहरीले उमर खालिदको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने माग राखेको छ । उमर खालिदको गिरफ्तारीपश्चात् थुप्रै मानिसहरुको उनको समर्थनमा उत्रिएका छन् ।

    स्रोतः बीबीसी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार