Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मुख्यमन्त्री राई र बालिका खड्काबीच कुनै सम्बन्ध नरहेकाे अदालतकाे ठहर

काठमाडाैं । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईलाई श्रीमान् दावी गर्दै आएकी बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन् ।

मुख्यमन्त्री राई र आफू श्रीमान्-श्रीमती भएकाे दावी गर्दै विभिन्न मिडियामा अन्तर्वाता समेत दिएकी खड्का आफैले काठमाडौ जिल्ला अदालतमा पुगी मुद्दा फिर्ता लिएकी हुन् ।

उनले मुख्यमन्त्री राईविरूद्ध जाहेरी दिएर विभिन्न मिडियामा अन्तर्वाता दिँदै श्रीमान् श्रीमतीकाे नाता कायम हुनुपर्ने दावी गर्दै आएकी थिइन् ।

मुख्यमन्त्री राई र आफूबीच श्रीमान्-श्रीमतीकाे नाता प्रमाणित गर्न कुनै प्रमाण नभए पछि बालिकाले जिल्ला अदालत काठमाडाैंमा पुगेर मुद्दा फिर्ता लिएकी  हुन् ।

मुद्दा फिर्ता गर्नका लागि खड्काले दिएकाे निबेदनमा अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरि अंश माग गरिएको उल्लेख गरिएकाे छ ।

काठमाडाैं जिल्ला अदालतका जिल्ला न्यायाधीस राजुकुमार खतिवडाकाे इजलासमा भनिएकाे छ ' शेरधन राईसंग अंश माग गर्नका लागि श्रीमान-श्रीमतिको नाता कायम भएको वा हुन सक्ने म संग कुनै आधार प्रमाण नभएको र वास्तविक रुपमा हाम्रो त्यस्तो कुनै पनि सम्बन्ध नरहेको हुंदा यसरी नाता कायमै हुन नसक्ने भएपछि म आफूले लिएको अंश दावी साबित गर्न नसक्ने, प्रमाणित गर्न नसक्ने भएको हुंदा उक्त मुद्दा फिर्ता लिनको लागि मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६ बमोजिम मुद्दा फिर्ता लिएकाे उल्लेख छ ।'

अदालतमा पेस गरेकाे निबेदनमा खड्काले भनेकी छिन्, ' बास्तवमा मेरो र शेरधन राईकोबीचमा कुनै सम्बन्ध नरहेको, आफूसंग साबित गर्ने कुनै प्रमाण पनि नभएकोले गल्ती स्वीकार गरि निबेदन दिएकी हुँ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077