काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको अवधि थप नहुने स्पष्ट गरेको छ । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यसअघि तोकिएको समयसीमालाई नै अन्तिम म्याद कायम गर्ने निर्णय गरेको हो ।
पार्टीले क्रियाशील सदस्यता अद्यावधिकका लागि २०८३ जेठ २८ गतेसम्म समय दिएको थियो। अब उक्त मिति पछि कुनै पनि हालतमा अवधि नथपिने कांग्रेसले जनाएको छ।
कांग्रेसद्वारा जारी सूचनामा भनिएको छ, “क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यका लागि थप गरिएको मिति २०८३ जेठ २८ गतेसम्मको समयसीमालाई नै अन्तिम म्याद कायम गरिएको पुनः स्मरण गराइन्छ।”
पार्टीले आगामी १५औँ महाधिवेशनलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल प्रणालीमा आधारित बनाउने तयारीसमेत अघि बढाएको छ।
सोहीअनुसार अद्यावधिक गरिएका सदस्यहरूको विवरण डिजिटल प्रणालीमा समावेश गरिने र प्रत्येक क्रियाशील सदस्यलाई विशिष्ट डिजिटल पहिचान प्रदान गरिने जनाइएको छ।
-1780934511.jpg)
-1780934511.jpg)