Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुदूरपश्चिम कांग्रेसको आन्तरिक विवाद समाधानउन्मुख, के भयो सहमति ?

सुदूरपश्चिम कांग्रेसको आन्तरिक विवाद समाधानउन्मुख, के भयो सहमति ?

शनिवार , जेठ २३, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष समाधानउन्मुख बनेको छ । पार्टीभित्रको लामो समयदेखिको असन्तुष्टि अन्त्य गर्न असन्तुष्ट समूहलाई सरकारमा सहभागी गराउने सहमति भएको हो । 

कांग्रेसका केन्द्रीय सहमहामन्त्री उदय शम्शेर राणाको उपस्थितिमा भएको छलफलपछि असन्तुष्ट पक्षलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति जुटेको बताइएको छ।

छलफलमा मुख्यमन्त्री कमलबहादुर शाह पक्षका तर्फबाट प्रमुख सचेतक विक्रम धामी, बहादुरसिंह थापा र प्रकाश बम सहभागी भएका थिए।

सहमतिअनुसार सरकार पुनर्गठन गरी असन्तुष्ट पक्षलाई दुई मन्त्रालयसहित एक राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ। हाल सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री कार्यरत छन्।

राजनीतिक सहमतिअनुसार मुख्यमन्त्री शाह पक्षले एक मन्त्री र एक राज्यमन्त्रीको पद त्यागेर असन्तुष्ट समूहलाई स्थान उपलब्ध गराउने समझदारी बनेको स्रोतको दाबी छ।

यद्यपि, मन्त्रालय बाँडफाँटको विषय भने अझै टुंगो लाग्न बाँकी छ। मुख्यमन्त्री शाहले मन्त्रालयको अन्तिम निर्णय आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै आफूले नै मन्त्रालय निर्धारण गर्ने अडान राखेका छन्।

उता असन्तुष्ट पक्षले भने सरकारमा सहभागी हुने सर्तस्वरूप आर्थिक मामिला मन्त्रालय आफूहरूले पाउनुपर्ने अडान कायम राखेको बताइएको छ। यही मन्त्रालयको विषय अहिले वार्ताको मुख्य केन्द्र बनेको छ।

सहमति कार्यान्वयनको चरणमा पुगेपछि मुख्यमन्त्री पक्षीय केही मन्त्रीहरूले राजीनामा दिने तयारी गरिरहेको स्रोतले जनाएको छ। मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लागेपछि सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना बलियो बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077