Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

गल्ती स्वीकार गर्दै बालिका खड्काले लिइन् मुद्वा फिर्ता, मुख्यमन्त्री राईसँग कुनै सम्बन्ध नरहेकाे अदालतकाे ठहर

काठमाडौं । बिगत केही बर्षदेखी मानसिक तनाब झेल्दै आएका प्रदेश नम्बर--१ का मुख्यमन्त्री शेरधन राईले ढिलै भएपनि न्याय पाएका छन्।

राईलाई श्रीमान् दावी गर्दै आएकी बालिका खड्काले मुद्दा फिर्ता लिएर गल्ती स्वीकार गरेपछि राईलाई न्याय मिलेको छ। खड्काले जबर्जस्ती श्रीमान् दाबी गरेका कारण मानसिक तनाब झेल्दै आएका राईको मान प्रतिष्ठामा समेत आँच पुगेको थियो ।

मुख्यमन्त्री राई र आफू श्रीमान् -श्रीमती भएको दावी गर्दै विभिन्न मिडियामा अन्तर्वातासमेत दिएकी खड्का आफैले काठमाडौ जिल्ला अदालतमा पुगी गल्ती स्वीकारेर मुद्दा फिर्ता लिएकी हुन् ।

उनले मुख्यमन्त्री राईविरूद्ध जाहेरी दिएर विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै श्रीमान् -श्रीमतीको नाता कायम हुनुपर्ने दावी गर्दै आएकी थिइन् ।

मुख्यमन्त्री राई र आफूबीच श्रीमान् -श्रीमतीको नाता प्रमाणित गर्न कुनै प्रमाण नभए पछि बालिकाले जिल्ला अदालत काठमाडौंमा पुगेर मुद्दा फिर्ता लिएकी हुन् ।

मुद्दा फिर्ता गर्नका लागि खड्काले दिएको निबेदनमा अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरि अंश माग गरिएको उल्लेख गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीस राजुकुमार खतिवडाको आदेशमा भनिएको छ, ‘ शेरधन राईसंग अंश माग गर्नका लागि श्रीमान-श्रीमतिको नाता कायम भएको वा हुन सक्ने म संग कुनै आधार प्रमाण नभएको र वास्तविक रुपमा हाम्रो त्यस्तो कुनै पनि सम्बन्ध नरहेको हुंदा यसरी नाता कायमै हुन नसक्ने भएपछि म आफूले लिएको अंश दावी साबित गर्न नसक्ने, प्रमाणित गर्न नसक्ने भएको हुंदा उक्त मुद्दा फिर्ता लिनको लागि मुलुकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९६ बमोजिम मुद्दा फिर्ता लिएको उल्लेख छ ।’

अदालतमा पेस गरेको निबेदनमा खड्काले भनेकी छिन्, ‘ बास्तवमा मेरो र शेरधन राईकोबीचमा कुनै सम्बन्ध नरहेको, आफूसंग साबित गर्ने कुनै प्रमाण पनि नभएकोले गल्ती स्वीकार गरि निबेदन दिएकी हुँ ।’

केही समय अगाडि देखि  मुख्यमन्त्री  राईलाई आफ्नो श्रीमान दावी गर्दै विभिन्न मिडियामा लाञ्छना लाउदै आएकी र मुद्दा समेत दर्ता गरेकी बालिका खड्काले (दोलखा घर) म आफु कसैको उक्साहट तथा प्रलोभनमा परि सो कार्य गरेको स्विकार गर्दै आफुले दर्ता गरेको मुद्दा क्षमा याचना गर्दै फिर्ताको निवेदन सम्मानित अदालतमा दिएकी थिइन ।
विना गल्ती सम्मानित व्यक्तिहरुलाई विभिन्न आरोप लगाउने र प्रतिष्ठामा आच पुर्याउने कार्य गर्नु आफैमा अपराध हो।  त्यसो त सत्य जहिले पनि सत्य हुन्छ । अहिलेको नयाँ कानुनमा पनि झुटा मुद्दा हालेको ठहर भएमा उजुरीकर्ता समेत जेल जानु पर्ने भएपछि खड्काले संभावित कानुनी कारवाहीबाट जोगिन आँफैले गल्ती स्वीकार गरेको देखिन्छ।

विभिन्न प्रलोभनमा परेर व्यक्तिको सिङ्गो प्रतिष्ठामा ठेस कसैले पनि पुर्‍याउनु हुदैन । मुख्यमन्त्री राई आफ्नो पुरै जीवन राजनीति र देशको समृद्धिमा होमिएको एउटा योद्दाका रुपमा चिनिँदै आएका छन्।

मुख्यमन्त्री राईलाई अगाडि बढ्न नदिनका लागि विभिन्न शक्ति परिचालित भएको कुरा यो घटनाबाट पनि पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077