Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरबाट ४ लाख ६५ हजार रूपैयाँ नक्कली नोट बरामद

काठमाडौं । ललितपुर प्रहरीले ४ लाख ६५ हजार नक्कली नोट बरामद गरेकाे छ ।

ललितपुर महानगरपालिका–१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद गरिएकाे प्रहरीले जनाएको छ ।

ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार खरिद गरेर नक्कली नोट दिएर फरार भएका हुन ।

सुन पसलेका अनुसार बिल समेत नलिई उनीहरु फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ गड्डीमा ४६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट बरामद भएको हो ।

ज्वेलरी पसलमा नक्कली नोट दिएर फरार भएका व्यक्तिहरुको बारेमा खोजी कार्य जारी राख्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077