Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्य जोखिम न्यूनिकरणका लागि साझेदारीमा काम गर्न परराष्ट्रमन्त्रीको निर्देशन

नवलपरासी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य जोखिम न्यूनिकरणका लागि प्रशासन र स्थानीय तह मिलेर काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय, नवलपरासी पुगेका मन्त्री ज्ञवालीले सरकारले बिहीबारदेखि निषेधाज्ञा खुकुलो पारेकोले स्वास्थ्य जोखिम बढ्ने भन्दै त्यसविरुद्ध मिलेर काम गर्न निर्देशन दिएका हुन् ।

'यातायात, होटल व्यवसाय सञ्‍चालन गर्दा स्वास्थ्य क्षेत्रमा जोखिम त बढ्छ नै,' उनले भने, 'यसको न्यूनिकरणका लागि नागरिकलाई सचेत पार्ने दायित्व सबैको हो ।' जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत आनन्द शर्माले जिल्लाका समस्या के छ भनेर मन्त्रीले चासो राखेको जानकारी दिए ।

मन्त्री ज्ञवालीसँग कावासोतीमा रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आधा घन्टा भेट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077