Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्वरुपराजको ब्यंग्य : गायक-गायिकाले छोडिसके, रेकर्डिष्टहरु रियाज गर्दै

    स्वरुपराजको ब्यंग्य : गायक-गायिकाले छोडिसके, रेकर्डिष्टहरु रियाज गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । गायक स्वरुपराज आचार्यले अटोट्युनका भरमा हिट भएका गायक-गायिकालाई स्वरुपराज आचार्यले ब्यंग्य गरेका छन्।

    ‘रेकर्डिष्टहरुको रियाज’ भन्दै सामाजिक सञ्जालमा उनले धेरै कलाकार अटो र म्यानुअल ट्युनबाट गायका गायिका कहलिएको संकेत गरेका छन्।



    उनले यस्ता गायक गायिकालाई लक्ष्य गर्दै सामाजिक सञ्जालमा ब्यंग्य गर्दै लेखेका छन्, ‘गायक गायिकाहरुले तानपुरा वा हार्मोनियममा रियाज गर्न छोडिसके, अहिले विचरा रेकर्डिष्टहरुलाइ रियाज गर्नपरिरहेको छ। ती गायक वा गायिकाको कम्प्युटरमा सुर म्यानुयल्ली मिलाउने रियाज।’



    गायक आचार्यकाे ब्यंग्य यस्ताे छ

    रेकर्डिष्टहरुको रियाज ……..
    गायक गायिकाहरुले तानपुरा वा हार्मोनियममा रियाज गर्न छोडिसके, अहिले विचरा रेकर्डिष्टहरुलाइ रियाज गर्नपरिरहेको छ । ती गायक वा गायिकाको कम्प्युटरमा सुर मियानुयल्ली मिलाउने रियाज ।। गारो छ स्टुडीयोका मित्रहरुलाइ सुर Auto वा Manual Tune गर्न नै २/४ घन्टा लाग्ने र दिमाग खराब हुने रहेछ । अनि फेरी पछी गीत Viral र Trending भएपछी त त्यै गायक गायिकाको स्वर ठुलो हुदो रहेछ ।। परे त तिनै रेकर्डिष्टलाइ चिन्नै छाड्दा रहेछन ।। वर्तमान नेपाली संगीत ……..
    Hats off to all music Technicians..

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार