Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बंगलादेशबाट ल्याईने मलको आपूर्तिमा भारतले सहजीकरण गर्ने

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच आज भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, रासायनिक मलको आपूर्ति, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता, उन्नत बालीवस्तुको आनुवांशिकी (जर्मप्लाज्म) आदानप्रदानलगायत विषयमा छलफल भएको छ ।

कृषि मन्त्रालयमा भएको भेट मन्त्री भुसालले नेपाल र भारतका बहुसङ्ख्यक जनताको जीवनसँग प्रत्यक्ष जोडिएको कृषिको विकासमा दुवै मुलुकबीच अझ धेरै सहकार्यको आवश्यकतामा जोड दिए ।

भारतीय राजदूत क्वात्राले बङ्गलादेशबाट आयात गर्न लागिएको ५० हजार टन युरिया मलको आपूर्तिमा भारतले हरेक हिसाबले सहजीकरण गर्ने बताएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

भारतीय राजदूतले कृषिको विकासमा नेपालसँगको सहकार्यले कृषि मात्र नभई नेपाल–भारत सम्बन्धलाई पनि अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताउँदै नेपाललाई आवश्यक पर्ने रासायनिक मलको नियमित आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि सहयोग गर्न भारत सधैंँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077