Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेता पाैडेलकाे प्रश्न : सरकार जनताको कि पार्टीको ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकार जनताको कि पार्टीको भनेर प्रश्‍न गरेका छन्। वरिष्ठ नेता पौडेलले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेर लोकतन्त्रमा पार्टीको घोषणापत्र र उम्मेदवार हेरेर जनताले चुने पनि सरकार पार्टीको पेवा नहुने बताएका हुन्।

‘सरकार जनताको कि पार्टीकोरु लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुने पनि सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ,’ पौडेलले लेखेका छन्। वर्तामान सरकारले संवैधानिक परिषद र न्याय परिषद तथा स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिसमेत पार्टीले आफ्नो अनुकूल बमोजिम गर्नु सही नभएको पौडेलको भनाइ छ।

‘अहिले नेपालको कम्युनिष्ट पार्टीको चालामाला हेर्दा सरकार, संवैधानिक परिषद र न्याय परिषद तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरू समेत पार्टीले आफ्नो अनुकूलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्नुपर्ने भन्‍ने कुरो आएको छ,’ उनले भनेका छन्, ‘यो भनेको संवैधानिक सर्वोच्चता होइन, सर्वसत्तावादतिरको तानावाना हो । देश र जनताप्रति होइन, नितान्त कम्युनिष्ट पार्टीप्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्रै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077