Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारामा १२ लाख नक्कली नोट बरामद, भारतीय नागरिकसहित २ जना पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढ नगरपालिका-९ बसवरियाबाट  नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको छ ।

चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने विशेष सुचनाको आधारमा बुधबार बिहान खटिएको प्रहरी टोलीले बारागढी गाउँपालिका वडा नं.५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षीय सन्दिप कुमारलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट बाह्र लाख सोह्र हजार फेला परेको हो।

सो सम्बन्धमा तत्काल बुझ्दा उक्त नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको  खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बरामद नोटहरू दिई मोबाइल लिई फरार रहेका मानिसहरूको खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077