Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकार जनताको काममा केन्द्रीत छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताएका छन्।

सोह्रौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहलाई भर्चुल माध्यमबाट सम्बोधन गर्दै उनले सरकार कुरामाभन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको दावी गरे ।

उनले कोरोना भाइरसको विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रीत रहेको बताए ।

सरकारले नीति तथा कार्यक्रममार्फत नै सम्बोधन गरेर निरोगी नेपाल बनाउने अभियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्नेमा उनको जोड थियो ।

मन्त्री ढकालले क्यान्सर रोगले सबैलाई दुःख दिइरहेको भन्दै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको जानकारी दिए ।

क्यान्सरबाट मृत्युहुनेमध्ये १० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै उहाँले क्यान्सरबाट मृत्यु हुनुको कारण खोजेर निदानका लागि काम गर्नुपर्ने बताए ।मन्त्री ढकालले अस्पतालले प्रकाशन गरेका विभिन्न तीन पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

आजैदेखि भरतपुर अस्पतालमा इटिकेटिङको पनि शुरू भएको छ ।

मन्त्री ढकालले भर्चुल माध्यमबाटै अस्पताले इटिकेटिङका लागि तयार पारेको मोवाइल एप्स क्लिक गरेर सोको शुभारम्भ गरे । यसले क्यान्सर अस्पतलमा सेवा लिन आउने सेवाग्राहीलाई अब टिकटकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077