Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारले सम्झना विक हत्याका दोषीलाई कारबाही नगरेको भन्दै नेविसंघको आपत्ति

काठमाडौं ।  नेपाल विद्यार्थी संघले बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीय बालिका सम्झना बिकको बलात्कारपछि हत्या गर्ने अपराधीहरुलाई कारबाहीको माग गरेको छ।

नेविसंघले बलात्कारजस्तो गम्भीर अपराधका घटना बढिरहेको भन्दै सजायका लागि कडा कानुनी व्यवस्थाको पनि माग गरेको छ। नेविसंघले ओली नेतृत्वको सरकारले बलत्कारीहरुको बचाउ गरेको आरोप लगाएको छ।

बधुबार बझाङको मष्टा गाउँपालिका की १२ वर्षीय बालिका सम्झना बिकको बलात्कारपछि हत्याको घटना हुँदा नेविसंघले यस्तो आरोप लगाएको हो ।

अपाराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरि काडाभन्दा कडा कानूनी कारबाही गर्न पनि संघले जोडदार माग गरेको छ । निर्मला पन्तदेखि सम्झना विकसम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको सरकार बलात्कारीहरुको संरक्षण गर्न लागेको नेविसंघका अध्यक्ष राजीव ढुंगानाद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघले यस्ता घटना पुनः घटन नदिन र दलित समूदायमाथि हुने गरेका विभिन्न प्रकारका प्रताडना रोक्न विशेष र कडा कानुन बनाउन सरकारसँग जोडदार माग गरेको छ ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले ओली नेतृत्वको सरकार श्रखंलाबद्ध बलत्कारका अपराधीलाई कारबाही गर्न छोडेर भ्रष्टाचारमा लिप्त भएको बताए। केही पहिले नवराज विक लगायतका यूवाहरुको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको वलात्कार गरी हत्या गरिएको घटनाले समाजमा दलित समूदाय माथि पाशविक आक्रमणका घटना बढ्न थालेको नेविसंघले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077