Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • डाेनाल्ड ट्रम्पले तिरेनन् १० वर्षसम्म आयकर

    डाेनाल्ड ट्रम्पले तिरेनन् १० वर्षसम्म आयकर

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 2.3K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपतिको चुनावी प्रचार चलिरहेका बेला रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा तानिएका छन् । पछिल्ला १५ वर्षमध्ये १० वर्षसम्म उनले कुनै आयकर नतिरेको खुलासा भएको हो ।

    न्युयोर्क टाइम्समा प्रकाशित ट्रम्पले २०१६ र २०१७ मा केवल ७ सय ५० अमेरिकी डलर भुक्तान गरे । २०१६ मा उनी राष्ट्रपतिको दौडमा थिए । राष्ट्रपति ट्रम्पको कूल सम्पत्ति २ दशमलव १ अर्ब डलर छ । कोरोना महामारीले उनको सम्पत्तिमा एक अर्ब डलरले कमी आएको छ । ट्रम्पले आयकरलाई गोप्य राख्दै आएका छन् ।



    न्युयोर्क टाइम्समा प्रकाशित समाचारको पनि ट्रम्पले खण्डन गरेका छन् । उनले कर भुक्तान गरिरहेको दाबी गरे, यद्यपि कुनै विवरण दिएनन् । ‘मैले आयकर तिरेको छु र चाँडैं यसलाई तपाईले मेरो आयकर रिटर्नमा देख्नुहुन्छ । अहिले यसबारे अडिट चलिरहेको छ र लामो समयदेखि अडिट भइरहेको छ,’ उनले भने ।



    ट्रम्प संगठनका वकिल एलन गार्टनले पनि न्युर्योक टाइम्समा प्रकाशित समाचारमा सही तथ्य नरहेको बताएका छन् । यता, न्युयोर्क टाइम्सले दुई दशकभन्दा बढी समयको आयकर रिटर्न तथ्य हात पारेपछि यो समाचार बाहिर ल्याइएको जनाएको छ । यस समाचारले ट्रम्पलाई ठूलो धक्का दिनसक्ने अनुमान लगाइएको छ, किनकि मंगलबार राष्ट्रपति पदका उम्मेदवारहरुबीच प्रेसिडेन्टल डिबेट हुँदैछ । आगामी ३ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार