Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

हुम्लामा चीनले सीमा मिचेको बिषयमा निधिको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले सीमा मिचेको बिषयमा अध्ययन नै नगरि प्रतिक्रिया दिन नहुने वताएका छन्।

हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा अध्ययन नै नगरी सो भूमि चीनकै भएको भन्ने नेपाल सरकारको अभिव्यक्तिप्रति उनले आपत्ति जनाएका छन् ।

सरकारकोतर्फबाट आएको अभिव्यक्ति आपत्तिजनक भएको निधिको भनाइ छ ।

शहीद स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको शहीदको बलिदान र वर्तमान राजनीतिक परिवेश विषयक जुम बैठकमा बोल्दै निधिले उक्त कुरा वताएका हुन।

हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित सो भूमि नेपालकै हो भनेर दाबी गरेपनि सरकार भने मौन बस्दै आएको छ। ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा विवाद भइरहेका बेला चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले  चीन र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध रहेको वताएका थिए। जुन कुरामा  निधिले आपत्ति जनाएका छन् ।

भारतीय मिडियाका केही रिपोर्टहरूले  चीन र नेपालबीचको सम्बन्ध बिग्रँदै गइरहेको छ नि भन्ने ग्लोबल टाइम्सको प्रश्नको जवाफमा पाण्डेले भनेका  थिए ,’ धेरै  भारतीय रिपोर्टले भनेका छन् कि नेपाल र चीनको सम्बन्ध राम्रो छैन । यो नक्कली प्रचार हो ।चीनले नेपाली सिमा मिचेको कुरा गलत हो,  हाम्रो चीनसँग राम्रो सम्बन्ध नहुनुपर्ने कुनै कारण छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077