Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मलेसियामा आफ्नै कामदारलाई अपहरण गरी नेपालमा फिरौती लिएको अभियोगमा डेविट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले आफ्नै कामदारलाई मलेसियामा अपहरण गरी नेपालमा फिरौती लिएको अभियोगमा  डेविट भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ।

सिआईबीले  मंगलवार साँझ श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको हो। मलेसियमा बसेर गुन्डागर्दी तथा अपहरणको उजुरी परेपछि नेपाल आएको समयमा उनलाई नियन्त्रणमा लिएको सिआईबी प्रमुख डीआइजी सहकुल थापाले बताए। उनका बारेमा अन्य पीडितले पनि  उजुरी दिएको थापाले वताए।

डेविडले १६ लाख रुपैयाँ फिरौती मागेको बिषयमा सिआईबीले  अनुसन्धान थाले पनि  मलेसियास्थित उनकै कम्पनीमा काम गर्ने  मध्म रैदास नामका कामदारले १६ लाख रकम चोरेको खुलेको छ। रैदासले रकम चोरेको पुस्टि भइसकेको र पैसा फिर्ता माग्दा श्रेष्ठलाई नेपालमा सिआईबीले पक्राउ गरेको स्रोत वताउँछ ।

स्रोतका अनुसार चोरेको रकम नेपालमा श्रीमतीलाई पठाएको रैदासले स्विकार गरी मलेसियास्थित दुताबासको रोहबरमा पैसा फिर्ता गर्ने कागज गरेका थिए।

मलेसिया प्रहरीमा पनि रैदासले पैसा चोरेको स्विकार गरी फिर्ता गर्ने कागज गरेको रिपोर्ट नै प्राप्त भएको छ। उनले चोरेको रकम कम्पनीबाट कट्टा गरी तलब दिन समेत मलेसियन प्रहरीमा गरेको कागजमा उल्लेख छ।

जब, श्रेष्ठ नेपाल आए र रैदासकी श्रीमतीलाई सम्पर्क गरी पैसा फिर्ता मागे, त्यसपछि उनलाई अपहरण र धम्कीको अभियोगमा प्रहरीले पक्राउ गरेको  स्रोतको भनाइ छ।

सबैभन्दा अचम्म त के छ भने अपहरणमा परेका भनिएका रैदासले श्रेष्ठकै कम्पनीमा आजसम्म क्यासियरको रुपमा काम गर्दै आएका छन्।

पक्राउ परेका श्रेष्ठ मलेसियमा रेष्टुरेष्ट तथा डान्सबार संचालन गर्दै आएका छन्। उनले काठमाडौंको दरबारमार्गमा  'हार्ड रक' रेस्टुरेन्ट सँचालन गर्ने तयारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077