Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वामदेवको मुद्दा अल्झिने संकेत, फेरी हेर्दाहेर्दैमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको मुद्दा अल्झिने संकेत देखिएको छ। राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्ध दर्ता भएको रिटको सुनुवाई शुक्रबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

अर्को सुनुवाई अर्को हप्ता बुधबारमात्रै हुने भएको छ। प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दा सुनुवाई गरिरहेको छ। शुक्रबार दुई सरकारी वकिल र वामदेव पक्षका केही कानुन व्यवसायीहरुले बहस गरेका थिए।

शुक्रबार वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहसको सुरुआत गरेका थिए।

उनलाई सरकारको सिफारिसिमा राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेकी थिइन्। नेता गौतमले राष्ट्रिय सभा सदस्यका लागि सपथसमेत लिइसकेका छन्।

सर्वोच्चले भने गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077