Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय, पर्साले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

पर्सा जिल्ला अदालतले २०७३ माघ १३ गते ८ बर्ष कैद र ६० हजार रूपैयाँ जरिवानाकाे फैसला सुनाइएका ४० वर्षका रामबाबु महतोलाई पक्राउ गरेकाे हाे ।

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार रहेका बसडिल्वा-५ (हाल बीरगंज म.न.पा.वडा नं.२९) का महतोलाई प्रहरीले २०७७ भदाै १५ गते बिहीबार पक्राउ गरेकाे हाे ।

गाउँघरमा लुकिछिपि बसी रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077