Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

राजधानी दाङ प्रस्तावविरूद्ध बुटवलमा बिशाल प्रदर्शन

बुटवल । प्रदेश ५ काे राजधानी दाङ प्रस्तावविरूद्ध बुटवलमा बिशाल प्रदर्शन भइरहेकाे छ। प्रशासनको निषेधाज्ञा तोडेर बुटवलमा सञ्जाल रुपन्देहीले बृहत प्रदर्शन गरेको हाे ।

प्रदेश ५ को स्थायी राजधानी दाङ प्रस्ताव गरिएपछि बुटवलमा ४ दिनदेखि आन्दोलन जारी रहेको छ । नेपाली कांग्रेस र रुपन्देहीका ६० भन्दा बढी संघसंस्था आबद्ध सञ्जाल रुपन्देहीले बुटवललाई नै राजधानी बनाउनुपर्ने भन्दै विहानैदेखि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए। बुटवलबाट राजधानी सार्न नदिने उनीहरुको चेतावनी छ ।

उनीहरुले प्रदेश राजधानी सार्न पाईँदैन,मान्यज्यूहरु खवरदार, अर्को चुनावमा भोट चाँहीदैन ?, राजधानी सार्न पाईँदैन लगायतका नारा लगाएका थिए ।andolan p5.jpgundefined
प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिएपछि प्रदेश सभा तथा सरकार सञ्चालनका लागि रुपन्देहीका संघसंस्थाहरुले आफ्ना भवन दिएर सहयोग गरेको स्मरण गराउँदै विगतलाई नभुल्न समेत चेतावनी दिए ।

कोण सभामा बोल्दै सञ्जालको संयुक्त संघर्ष समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेशको राजधानी अन्यत्रै लैजाने भए आफ्ना भवनहरु तुरुन्तै खाली गराउन मुख्यमन्त्री शंकर पोखरेललाई चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077