Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेसबुकमार्फत बुहारीलाई अश्लील गाली गर्ने पूर्वडिएसपीलाई जरिवाना

    फेसबुकमार्फत बुहारीलाई अश्लील गाली गर्ने पूर्वडिएसपीलाई जरिवाना

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । साईबर अपराध मुद्दामा अदालतले नेपाल प्रहरीबाट अवकास प्राप्त प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्कालाई ५० हजार जरिवाना हुने फैसला गरेको छ ।

    खड्काले चलाएको फेसवुक आइडीबाट आफ्नी बुहारीलाई अश्लील गाली गरेर म्यासेज पठाएपछि ०७५ असोजमा महानगरीय अपराध महाशाखाले उनलाई पक्रेको थियो । भाईबुहारी समुना खड्काले उनीबिरुद्ध जाहेरी दिएकी थिइन् ।



    जिल्ला अदालत काठमाडौँका न्यायाधीश रामप्रसाद न्यौपानेले उनलाई ५० हजार जरिवाना र जाहेरवालालाई २५ हजार क्षतिपुर्ति भराउने फैसला गरेका हुन् । खड्का नेपालञ्ज उप–महानगरपालिका–१३ का स्थानीय हुन् ।



    विद्युतीय (ईलेक्टोनिक) कारोवार ऐन–०३३ को दफा ४७ (१) विपरितको कसुर र सोही ऐनको दफा ४७ (१) बमोजिम उनलाई जरिवाना गरिएको अदालतको फैसलामा उल्लेख छ । ०७५ असोज ७ मा पक्राउ परेका खड्का असोज २१ मा १ लाख धरौटीमा छुटेका थिए । खड्का र उनको भाई–बुहारीको बीचमा अंश मुद्दा पनि चलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार