Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • तीन दिनमै अस्पताल छाडे ट्रम्प

    तीन दिनमै अस्पताल छाडे ट्रम्प

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.8K
    SHARES

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नाटकीय रुपमा ह्‍वाइटहाउस फर्किएका छन् । उनीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचार गराइरहेका थिए ।

    ह्‍वाइटहाउस पुगेर उनले बाल्कोनीमा फोटो खिचाउनका लागि मास्क खोलेर सबैलाई हात हल्लाएका छन् । जहाँबाट उनले सबैलाई अभिवादन गरे यतिखेर त्यहाँका थुप्रै कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् ।



    यसअघि ट्रम्पले आफ्नो ट्‌विटमा ‘एकदमै राम्रो महसुस भइरहेको छ, कोभिडसँग कोही नडराऔँ, यसलाई हाम्रो जीवनमाथि हाबी हुन नदिऔँ’ भनेर लेखेका थिए । अमेरिकामा अहिलेसम्म ७४ लाख कोभिडबाट संक्रमित छन् भने २ लाख १० हजाररको मृत्यु भैसकेको छ ।



    ट्रम्पको यो स्वभावका कारण अहिले उनले महामारीलाई कति गम्भीरतापूर्वक लिइरहेका छन् भन्‍ने अझै स्पष्ट हुन सकेको छैन । उनको दिएका बयान उत्तिकै विवादास्पद समेत रहेका छन् ।

    ह्‍वाइटहाउसमा फर्किनासाथ उनले अर्को एउटा भिडियो पनि पोस्ट गरेर सबै अमेरिकीहरुलाई काममा फर्किन आग्रह गरेका हुन् । त्यसमा उनले भनेका छन्, “तपाईंहरुले पक्कै पनि यसलाई हराउनुहुनेछ । किनकि हामीसँग विश्वकै सबैभन्दा राम्रा मेडिकल उपकरणहरु छन् र अत्यन्तै प्रभावकारी औषधिहरु छन् जुन भर्खरै मात्र विकसित भएका हुन् ।”

    उनले आफू भाइरसबाट इम्युन भएको हुन सक्ने आधारविहीन दाबी पनि गरेका छन् । त्यस्तै खोपबारे उनले छिटै आउँछ भन्‍ने सन्देश दिएका हुन् । जबकि अमेरिकी रोग नियन्त्रण केन्द्रले, पर्याप्त रुपमा सबैतिर खोप उपलब्ध हुन अझै आगामी वर्षको मध्यतिरसम्म पर्खिनुपर्ने बताइरहेको छ ।

    ह्‍वाइटहाउसका फिजिसियन, डाक्टर सिन कोलेले सोमबार दिउँसो ट्रम्प पूर्ण रुपमा भाइरसबाट उम्किसकेका छैनन् भन्‍ने जानकारी दिएका थिए । तर पनि उनको मेडिकल टिमले उनको अवस्थामा सुधार आइरहेकोबारे भने स्वीकार गरेको छ । उनलाई सुरक्षित रुपमा घर फर्किन पनि सहमति जनाएका हुन् जहाँ उनी चौबीस घण्टा विश्वस्तरीय मेडिकल केयरको रेखदेखमा हुने बताइएको छ ।

    त्यस्तै ह्‍वाइटहाउस फर्किनुअगाडि ट्रम्पको रिपोर्ट नेगेटिभ आएको हो/होइन भन्ने प्रश्नमा चाहिँ डाक्टर कोन्लेले कुनै प्रतिक्रिया दिएनन् । त्यस्तै ट्रम्पको स्क्यान, निमोनियाँसम्बन्धी पनि विस्तृत जानकारी दिइएको छैन ।

    फिजिसियन कोन्लेका अनुसार ट्रम्पलाई अझै पनि एन्टिभाइरल ‘रेमडेभिसिभिर’ सँगै ‘स्टेरोइड डेक्सामिथेसोन’ को डोज दिइराखिएको छ । उनलाई डिस्चार्ज अगाडि र ह्‍वाइटहाउस पुगेपछि पाचौंपटक अर्को डोज दिइने तय भएको बताइएको छ । त्यस्तै ट्रम्प अब चुनाव प्रचार अभियानमा भाग लिन सक्छन् भन्ने प्रश्नमा चाहिँ कोन्लेले यसबारे अझै विचार गर्नुपर्ने बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार