Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • डा. केसीलाई अनसन ताेड्न नेकपाको आग्रह

    डा. केसीलाई अनसन ताेड्न नेकपाको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले डा. गोविन्द केसीलाई अनसन ताेड्न आग्रह गरेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले डा. केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।



    ‘पहिले भएका सहमति कार्यान्वयन भइसकेकोले अनसन फिर्ता लिन नेकपा आग्रह गर्दछ,’ बैठकका निर्णय सुनाउँदै प्रवक्ता श्रेष्ठले भने।



    बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अनसन फिर्ता लिन सरकारले आग्रह गरेको ब्रिफिङ गरेको प्रवक्ता श्रेष्ठले बताए।

    ‘डा केसीकै कारण चिकित्सा शिक्षामा धेरै सुधार भएको छ। उहाँसँग गरिएको सहमति पनि धेरै कार्यान्वयन भइसकेको छ। बाँकी विषयमा पछि पनि छलफल गर्न सकिन्छ,’ प्रवक्ता श्रेष्ठले भने।

    यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पनि अनसन अन्त्य गर्न डा केसीलाई आग्रह गरेका थिए। मंगलबार शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय सरकारी टोलीले डा केसीसँग भेट गर्दै अनसन फिर्ता लिन आग्रह गरेको थियो।

    सो टोलीले डा केसीका मागका विषयमा भने वार्ता टोली गठन नभएको जानकारी गराएको थियो। २३ दिनयता अनसनरत डा केसीले भने आफ्ना माग पूरा नहुन्जेल कुनै पनि हालतमा अनसन नतोड्ने अडान व्यक्त गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार