Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गोविन्द केसीद्धारा साउन २९ देखि सत्याग्रह बस्ने घोषणा

    गोविन्द केसीद्धारा साउन २९ देखि सत्याग्रह बस्ने घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १५ साउन २०८०
  • 642
    SHARES

    काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको मागसहित डा.गोविन्द केसी सत्याग्रहमा बस्ने भएका छन् ।

    स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका केसीले साउन २९ देखि सत्याग्रह सुरु गर्ने बताएका हुन् ।



    यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न उनले १४ दिनको समय सीमा दिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको बताए ।



    पत्रकार सम्मेलनमा डा. केसीले भने, ‘चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ । राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौ ।’

    उनले सम्झौता कार्यान्वयन गर्नुभन्दा पनि सरकार मेडिकल माफियाको स्वार्थमा ती सम्झौता उल्टाउन लागिरहेको आरोप लगाए । पछिल्लो पटक डा। केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारबारे २०७९ असोजमा सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार