Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • महावीरको आन्दोलनमा डा. गोविन्द केसीको ऐक्यबद्धता

    महावीरको आन्दोलनमा डा. गोविन्द केसीको ऐक्यबद्धता

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 525
    SHARES

    काठमाडौं । राष्ट्रिय आाविस्कार केन्द्रका संस्थापक महावीर पुनको धर्नामा डा. गोविन्द केसीले ऐक्यवद्धता जनाएका छन् ।

    धर्ना बसेका पुनको मागलाई समर्थन गर्दै डा. केसीले आइतबार बिहान धर्नास्थल माइतीघर पुगेर समर्थन जनाएका हुन् ।



    पुनको नेतृत्वको टोली अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रबार दिउँसोदखि माइतीघर मण्डलामा अनिश्चितकालका लागि धर्ना बसिरहेका छन् ।



    अहिलेसम्मका प्रधानमन्त्रीले आविष्कारका क्षेत्रलाई प्राथमिकता नदिएको पुनको आरोप छ। उनले आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा एक प्रतिशत बजेट आविष्कारका क्षेत्रलाई बिनियोजन गरिनुपर्ने बताउदै आएका छन् ।

    यसअघि विभिन्न दलका नेताहरु पनि माइतीघर पुगेर उनको आन्दोलनमा समर्थन जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार