Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कृषि औजार कारखाना सञ्चालन गर्न धनगढीमा पुस्तक बेच्दै महावीर पुन

    कृषि औजार कारखाना सञ्चालन गर्न धनगढीमा पुस्तक बेच्दै महावीर पुन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 468
    SHARES

    कैलाली । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफ्नो आत्माकथा आधारित पुस्तक बेच्न धनगढी पुगेका छन् । बिहीबार साँझ धनगढी पुगेका उनी आजै बिहानैबाट विभिन्न स्थानमा पुस्तक बेचिरहेका हुन् ।

    आत्माकथा आधारित पुस्तक बिक्रीबाट आउने रकम बिरगंजमा रहेको कृषि कारखानालाई सहयोग गर्ने घोषणा गरेका पुन कैलालीमा तीन दिनसम्म बस्नेछन् ।



    उनले आज बिहान धनगढी उपमहानगरपालिकाको कार्यालय, शिवपुरी धाम, कैलाली बहुमुखी क्याम्पस लगायतका ठाउँहरूमा किताब बेचेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उनी पुस्तक बेचेर उनी धनगढी आइपुगेका हुन् ।



    वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनका लागि सरकारले सम्झौता बमोजिम रकम नदिएपछि उनले पुस्तक बेचेर भएपनि कारखाना सञ्चालन गर्ने बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार