Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ठूला नेताको आड नपाई अरुले भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन् : गोविन्द केसी

    ठूला नेताको आड नपाई अरुले भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन् : गोविन्द केसी

    अनलाइन नेपाल
  • शनिबार, ३० बैशाख २०८०
  • 480
    SHARES

    काठमाडौं । नागरिक अगुवा तथा चिकित्सक डा.गोविन्द केसीले ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने बताएका छन् ।

    काठमाडौंको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध भएको प्रदर्शनमा बोल्दै केसीले यस्तो बताएका हुन् ।



    उनले भने, ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ।’



    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार