Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यी हुन घातक स्यानिटाइजर ,सरकारले बन्द गर्न निर्देशन दिए पनि बजारमा छ्याप्छ्याप्ती

    यी हुन घातक स्यानिटाइजर ,सरकारले बन्द गर्न निर्देशन दिए पनि बजारमा छ्याप्छ्याप्ती

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.6K
    SHARES

    काठमाडौं।  हाल बजारमा बिक्री–वितरण हुँदै आएका केही स्यानिटाइजर गुणस्तरहीन भएको पुस्टि भएको छ । नेपाल सरकारले गुणस्तरहीन स्यानिटाइजर प्रयोग नगर्न  सार्वजनिक सुचना नै जारी गरेको छ ।

    भारतमा निर्मित पामाकियर, चीनमा निर्मित ओपेकल र नेपालमा निर्मित सासा, युनिकियर, इन्सट्यान्ट, एड्भान्स ह्यान्ड एन्ड सँर्यमुखी नामका स्यानिटाइजर गुणस्तरहीन भएको सरकारले बताएको छ ।



    औषधी व्यवस्था विभागका अनुसार चार कम्पनीबाट निर्मित स्यानिटाइजर गुणस्तरहीन मात्र नभई प्रयोगकर्ताको स्वास्थ्यका लागि हानिकारक पनि छन् । त्यसमा प्रयोग भएको विषयुक्त रसायन मानव स्वास्थ्यलाई घात गर्ने खालको छ । सरकारले बन्द गर्न निर्देशन दिएका अधिकांस स्यानिटाइजर दराज कम्पनीले आफ्नो वेबसाइटमा बिक्रीका लागि राखेको छ।



    सरकारले सम्बन्धित उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन तत्काल बजारबाट फिर्ता लिन भनेको छ ।

    हामारीजस्तो संवेदनशील अवस्थामा पनि जनस्वास्थ्यमा बेवास्ता गर्नेहरुको ब्रान्डहरुलाई खारेज गर्नुपर्नेमा भने सरकारले त्यसो गर्न सकिरहेको छैन ।

    केही भारतीय र चिनियाँ कम्पनीका नेपाली एजेन्टहरुले पैसा कमाउने उद्देश्य नै राखेर त्यस्ता गुणस्तरहीन स्यानिटाइजरलाई धमाधम बजारमा भित्राइरहेका छन्  ।

    विभागले सेफ ह्याण्ड २०० एमएल र १ लिटरको ह्याण्ड रब इन्स्ट्यान्ट ह्या्ण्ड स्यानिटाइजर न्यून गुणस्तर रहेकाले बिक्रि वितरणमा रोक लगाउदै बजारबाट तुरुन्त फिर्ता गर्न सूचना जारी गरेपनि बजारमा भने अझै छ्याप्छ्याप्ती रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार