Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आकस्मिक बाहेकका अप्रेशन नगर्न अस्पतालहरुलाई सरकारको निर्देशन

    आकस्मिक बाहेकका अप्रेशन नगर्न अस्पतालहरुलाई सरकारको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका बिरामीको अप्रेशन नगर्न निर्देशन दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको संख्या उच्च भएकाले आकस्मिक बाहेकका अन्यको अप्रेशन नगर्न निर्देशन दिइएको हो ।



    तत्काललाई अप्रेशन रोके धेरै कोरोना संक्रमितको उपचारमा राहत मिल्ने स्वास्थ्य मन्त्रालयको ठम्याई छ ।



    नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जोगेश्वर गौतमले भने-‘आकस्मिक बाहेकका बिरामीको अप्रेशन नगरे कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा छ ।’

    मुलुकमा दिनदिनै कारोना संक्रमितको संख्या बढ्दै छ । साेमबार मात्रै ४ हजार ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

    यस्तै साेमबार काठमाडाैं उपत्यकामा मात्रै २ हजार २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार