Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६६३ पुग्याे, मंगलबार १८ जनाकाे मृत्यु पुष्टि

    नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६६३ पुग्याे, मंगलबार १८ जनाकाे मृत्यु पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १८ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६६३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै आज थप ३ हजार ५५६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।



    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार ५०३ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार