Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लोकसेवाको परीक्षामा कोरोना संक्रमितले सहभागी बन्न नपाउने मापदण्ड सच्याउन माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कोरोना संक्रमितले लोकसेवा आयोगको परीक्षामा सहभागी बन्न नपाउने र शिक्षक सेवा आयोगको प्रदेशको शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने निर्णयका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले बुधबार एक विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण भएको बताए ।

तिमल्सिनाले भने, लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने गरी ल्याएको मापदण्ड अन्यायपूर्ण छ र यो निर्णयले संक्रमितहरुमाथि दोहरो पीडा थोपर्ने अवस्थाको सृजना गराएको छ । अहिलेको समयमा जुनसुकै बेला जो कोही पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने अवस्थामा ल्याइएको यो प्रावधानका कारण धेरै विद्यार्थीहरु आयोगको परीक्षा दिनबाट वञ्चित हुन सक्ने निश्चित छ ।
यो विभेदकारी र अन्यायपूर्ण मापदण्डलाई तत्काल सच्याउन सरकार र आयोगसँग नेविसंघको माग छ ।

महामन्त्री तिमल्सिनाले कोभिड–१९ को महामारी तत्काल अन्त्य हुने अवस्था नरहेको र परीक्षा केन्द्रमा आउन सक्षम संक्रमितहरुका लागि स्वास्थ्य सावधानीका पर्याप्त उपायहरू अपनाउँदै परीक्षा दिने व्यवस्था मिलाउन आयोग र सरकारको ध्यानाकर्षण गराए ।

यस्तै नेविसंघले शिक्षक सेवा आयोगद्वारा हाल प्रदेश सरकार अन्तर्गत शिक्षा विकास निर्देशनालयबाट मात्रै अध्यापन अनुमतिपत्र वितरण गर्ने निर्णय वर्तमान परिस्थितिमा अत्यन्तै प्रतिकुल र अस्वभाविक भएको जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077