Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाको मृत्यु

    कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा काेराेनाबाट थप १२ जनाकाे मृत्यु भएकाे छ ।

    बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६७५ पुगेको छ ।



    बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २ हजार १७४ जना कोेरोना निको भएको जानकारी दिए ।



    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ८१ हजार नजिक पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार आजसम्म ८० हजार ९४५ जना कोरोना निको भएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार