Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ट्रम्पका छोरा ब्यारोनलाई पनि काेराेना संक्रमण

    ट्रम्पका छोरा ब्यारोनलाई पनि काेराेना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ ।

    प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेका छन्।



    राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई कोभिड–१९ को संक्रमण देखिएको उनले बताए ।



    राष्ट्रपति ट्रम्पका छोरा ब्यारोन आफ्ना पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन् । तर उनलाई कुनै लक्षण भने देखिएको थिएन ।

    प्रथम महिला मेलानीयाले भने, “परिवारका हामी तीनै जनालाई एकै पटक कोभिड–१९ देखियो, र यसबाट हामीले एक अर्कालाई ध्यान दिन सक्ने अवस्था सिर्जना भयो । राष्ट्रपति ट्रम्प भने निको भइसक्नु भएको छ ।”

    ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले संवाददाताहरुलाई छोरा ब्यारोनको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी दिए ।

    प्रथम महिला मेलानीयाले आफ्नो पछिल्लो स्वास्थ्य रिपोर्टमा कोरोना नेगेटिभ देखिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार