Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • काेराेनाबाट एकैदिन २१ जनाकाे मृत्यु, मृतककाे संख्या ७१५ पुग्याे

    काेराेनाबाट एकैदिन २१ जनाकाे मृत्यु, मृतककाे संख्या ७१५ पुग्याे

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ ।

    बितेको २४ घण्टामा कोरोना भाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।



    उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् ।



    यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोउनले जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार